काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन्।
राजदूत होउ प्रचण्डलाई भेट्न बुधवार दिउँसो प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन्। भेट वार्ताको क्रममा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको थियो।
प्रचण्डको सचिवालयका अनुसार भेटवार्तामा हालैको राष्ट्रपति विद्या देवी भण्डारीको चीन भ्रमणको विषयमा छलफल भएको थियो। साथै भेटमा राजदूत यान्छीले आगामी महिना चीनमा हुने ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर एसएसएसीईआईमा नेपालको सहभागिताको विषयमा आग्रह गरेकी थिइन्।
एक्स्पोमा नेपालको सहभागिताको विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। चीनको युनान प्रान्तको कुन्मिन सहरमा जुन १२ देखि १८ सम्म एक्स्पो हुँदै छ। एक लाख ७० हजार स्क्वार मिटरमा विविध विषयका १७ वटा पेवेलियन राखिने छन्।
एक्स्पोले सहभागी देशको आर्थिक विकास, लगानीको प्रवद्र्धनको विषयमा सहयोग पुर्याउने छ। चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सदस्य राष्ट्रहरुबीच संयुक्त परामर्श मार्फत् विकास तथा साझ प्रगतीको लागि सहयोग पुराउने बताइएको छ।