PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

कालोपुलमा युवतीमाथि एसिड आक्रमण, समातिए श्रीमान्



पहिलोपोस्ट

कालोपुलमा युवतीमाथि एसिड आक्रमण, समातिए श्रीमान्

काठमाडौ : कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण भएको छ। बुधवार साँझ युवतीलाई उनका श्रीमानले नै एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

एसिड  लागि घाइते भएकी २२ वर्षीय युवतीलाई ओम अस्पताल हुँदै कीर्तिपुर अस्पताल पुर्‍याइएको छ। उनको उपचार जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

'आपसी विवादमा एसिड प्रहार भएको देखियो। हामीले उनलाई नियन्त्रणमा लिएका छौं,' एसएसपी सुवेदीले भने। काभ्रे घर भएका विष्णु भुजेल एसिड आक्रमणको अभियोगमा पक्राउ परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell