PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

पन्ध्र वर्षपछि बन्यो ‘नासै छ्याँबा’को भिडियो



पहिलोपोस्ट

पन्ध्र वर्षपछि बन्यो ‘नासै छ्याँबा’को भिडियो

काठमाडौं: लोकपप सांगीतिक ब्यान्ड नेपथ्यको नयाँ गीती भिडियो सार्वजनिक भएको छ। ‘नासै छ्याँबा' बोलको गीत युट्युब रिलिज भएको हो।  

गुरुङ भाषामा 'नासै छ्याँबा मनो ह्योल’ भनेको ‘गाउँहरु मध्येमा मनाङको गाउँ राम्रो’ हो।

नेपथ्यका लीड भोकलिस्ट अमृत गुरुङ सन् २००४ मा ट्रेकिङका क्रममा मनाङ पुगेका थिए। त्यही उनले उक्त गीत लेखेका हुन्। सन् २००८ मा ‘ऐनाझ्याल’ एल्बममा समावेश गीतको भिडियो भने सन् २०१९ मा मात्र निर्माण गरियो। 

गीत बारे सार्वजनिक विज्ञप्तीमा अमृत गुरुङले भनेका छन्, ‘गीत लेखेको बेला भाषा र जातका कुराले मुलुकको सामाजिक सद्भाव नै खलबलिने अवस्था थियो। त्यसैले गुरुङ भाषामा लेख्दालेख्दै नेपाली अन्तरा पनि राखेर पूरा गरें।'

गत वर्ष रजत महोत्सवका अवसरमा ब्याण्डले आफ्ना गीतहरुलाई म्यूजिक भिडियो बनाउँदै श्रृखलावद्ध रुपले सार्वजनिक गर्ने घोषणा गरेको थियो। त्यसैलाई निरन्तरता दिँदै यो म्यूजिक भिडियो तयार पारिएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell