PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

‘एसइइ मोडल हन्ट २०१९’को अडिसन सम्पन्न, फाइनलमा २६ प्रतियोगी



पहिलोपोस्ट

‘एसइइ मोडल हन्ट २०१९’को अडिसन सम्पन्न, फाइनलमा २६ प्रतियोगी

काठमाडौं: एइइ परिक्षा दिएर बसेकाहरुको लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘एसइइ मोडल हन्ट २०१९’को अडिसन सम्पन्न भएको छ। विभिन्न चरण पार गरेर २६ जना प्रतियोगिताको अन्तिम चरणका लागि छानिएका छन्।

डिएम इन्टरटेनमेन्ट आयोजना भएको प्रतियोगिताका लागि छनोट भएका सबै प्रशिक्षणमा छन्। ११ किशोर र १५ किशोरी रहेका प्रतियोगिताको फिनाले जेठ १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ। महिला तथा पुरुष समूहबाट एकएकजना शीर्ष बिजेता छानिने छन्।

प्रतियोगितामा शिर्ष विजेताले मेघा कलेजबाट उच्च शिक्षा अध्यायनका लागि फुल स्कलरसिप, बज्र ननिताज् जिमबाट ५०, ५० हजार बराबरको ६ महिनाका लागि सेवा लगायत प्रदान गरिने बताइएको छ। शीर्षसहित आधा दर्जन विधामा विजेता छानिने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell