PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

अहिलेको बहुमत कतिलाई पचेन, अर्कोपल्ट दुई तिहाइको सरकारः प्रधानमन्त्री



पहिलोपोस्ट

अहिलेको बहुमत कतिलाई पचेन, अर्कोपल्ट दुई तिहाइको सरकारः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा दुई तिहाइ हासिल गर्ने बताएका छन्। अहिले दुई तिहाइबाट थोरै पछि भएको बताउँदै प्रधानमन्त्री ओलीले अर्को निर्वाचनबाट एकल दुई तिहाइ पुर्‍याउने बताएका छन्।

मदन आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने ‘हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन। अहिले हामीसँग अलिकति दुई तिहाइ छैन। नपचेर के गर्नु अर्को पटक दुईको तिहाइको हुन्छ यो सरकार। एकल दुई तिहाइको सरकार।’

उनले सरकारले देश र जनताको पक्षमा काम गरेको दाबी गरे। पार्टीका नेताहरू धन कमाउने उदेश्यले नहिँडेको पनि उनले बताए। उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए।

प्रतिपक्ष दलतर्फ लक्षित गर्दै ओलीले असभ्यतापूर्वक मुख छाड्नेहरू देखिएको बताए। ओलीले अहिलेको सरकारको सफलता सफलताको शिखर नभई प्रारम्भ मात्र भएको बताए।

पार्टीमा केही असजिला र अप्ठ्यारा भए पनि अनुशासित र नमूना पार्टी बनाइने ओलीको उद्घोष छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell