PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

घरायसी विवादमा भाइले गरे गोली हानी दाइको हत्या



पहिलोपोस्ट

घरायसी विवादमा भाइले गरे गोली हानी दाइको हत्या

काठमाडौँः पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले गोली हानी दाइको हत्या गरेका छन्। ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादका कारण हत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान फारुकको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका फारुकको उपचारका लागि काठमाडौँ ल्याउने क्रममा मृत्यु भएको हो। नेशनल मेडिकल कलेजमा उपचार नभएपछि काठमाडौँ ल्याउन लागिएको थियो। काठमाडौं ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

कटुवा पेस्तोलबाट प्रहार गरिएको गोली फारुकको दाहिने पाखुरा छेडेर छातीमुनि लागेको थियो।

सेरामुद्धिनलाई पेस्तोल तथा तीन राउन्ड गोलीसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell