PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

विक्की कौशल सर्वाधिक रुचाइएका पुरुष



पहिलोपोस्ट

विक्की कौशल सर्वाधिक रुचाइएका पुरुष

बलिउड अभिनेता विक्की कौशल भारतका सर्वाधिक रुचाइएका पुरुष घोषित भए। वर्ष २०१८ का लागि गरेको 'द टाइम्स'ले गरेको भोटिङ प्रक्रियामार्फत् उनी चुनिएका हुन्। ५० जनाको सूचीमा उनी पहिलो नम्बरमा परे।

कामबाट छुट्टिमा रहेका उनी हाल अमेरिकामा छन्। त्यहीबाट उनले खुशी साटे। सामाजिक सञ्जालमा सबैलाई धन्यवाद व्यक्त गर्दै पत्रिकामा प्रकाशित अंकको फोटो सेयर गरेका हुन्। लेखेका छन्,'यो सबै हुन्छ भनेर कहिले पनि सोचेको थिइँन।' 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Never could have seen this coming. Thank You everyone. ❤️

A post shared by Vicky Kaushal (@vickykaushal09) on

सन् २०१८ को सुरुवातमा नेटफ्लिक्सको 'लभ पर स्क्वायर फूट' नामक सिरिजबाट चर्चामा आएका उनी अभिनित फिल्महरु राजी, सञ्जु, मन मर्जिया, उरी बक्सअफिस एवं समीक्षात्मक रुपमा सफल रहे। सिरिज लस्ट स्टोरिज पनि चर्चामा रह्यो।

विहीबार मात्र ३१ औं जन्मदिन मनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell