PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

प्रम ओलीले गरे ज्वेलरी एक्स्पो उद्घाटन, भने : यो सबैका लागि आवश्यक



पहिलोपोस्ट

प्रम ओलीले गरे ज्वेलरी एक्स्पो उद्घाटन, भने : यो सबैका लागि आवश्यक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्घाटन गरेका छन्।

खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदि सँग सम्बन्धित भएको बताए।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनु पर्ने बताएका थिए। 'यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो,' प्रधानमन्त्री ओलीले भने, 'त्यसैले यसको प्रचारप्रसार सँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ।'

प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell