PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

विधेयक विरुद्ध पत्रकारको प्रदर्शन

विधेयक विरुद्ध पत्रकारको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरुले आज प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघको आह्वानमा आफ्ना पेशागत पहिचान झल्कने वस्तुहरुसहित वानेश्वरमा प्रदर्शन गरिएको हो। प्रेस काउन्सिलको व्यवस्थालाई विस्थापित गर्नेगरी सरकारले तयार पारेको मिडिया काउन्सिल विधेयकका प्रावधानहरु संविधानले प्रदत्त गरेका अधिकार कुण्ठित पार्नेगरी तथा व्यवसायिक पत्रकारितालाई असर पार्नेगरी ल्याइएको भन्दै पत्रकारहरुले कालोपट्टी लगाएर विरोध जनाएका हुन्। पत्रकारहरुको प्रदर्शनमा मानव अधिकारवादीहरुको पनि समर्थन थियो। प्रदर्शनको दृष्य हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell