PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

उपभोक्तालाई दुई रुपैयाँ पेट्रोलमा र एक रुपैयाँ डिजेलमा फाइदा



पहिलोपोस्ट

उपभोक्तालाई दुई रुपैयाँ पेट्रोलमा र एक रुपैयाँ डिजेलमा फाइदा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

शुक्रबार मध्यरातबाट लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैयाँ घटाइएको छ।

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको १०९.५० र डिजेल/मट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर पर्छ।

निगमले हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखेको जनाएको छ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्यअनुसार नेपाली बजारमा मूल्य विश्लेषण गरी समायोजन गरिएको हो। मूल्य समायोजनपछि भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फ पेट्रोल १५।६७ र डिजेल १६।६४ प्रतिलिटर रूपैयाँले सस्तो भएको छ। निगमले यसपटक पाक्षिक नाफाको विवरण सार्वजनिक गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell