PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

बाँकेको नरैनापुर मध्य राति ६५ राउण्ड फायर : चरेस तस्कर छुटाउन प्रहरी चौकीमै आक्रमण



पहिलोपोस्ट

बाँकेको नरैनापुर मध्य राति ६५ राउण्ड फायर : चरेस तस्कर छुटाउन प्रहरी चौकीमै आक्रमण
प्रतीकात्मक फोटो

काठमाडौँः  नेपालगञ्जको नरैनापुरमा मध्यरात हवाई फायर भएको छ। भारतीय नागरिकले इलाका प्रहरी कार्यालय नरैनापुरमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको हो।

'स्थिति तनावग्रस्त भएपछि नियन्त्रणको लागि हवाई फायर गरेका हौँ,' इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश सिंहले भने।

प्रहरीले भारतको श्रीवस्ती घर भएका ४२ वर्षीय देवीदिन विश्वकर्मालाई पाँच केजी चरेस सहित पक्राउ गरेको थियो। उनीहरूले पक्राउ परेका भारतीय नागरिकलाई छोड्न दबाब दिँदै प्रहरी चौकी र प्रहरीको गाडी माथि आक्रमण गरेको डिएसपी सि‌‌हको दाबी छ।

विश्वकर्माले नरैनापुर नजिकैको मेलामा चरेस बेच्दै हिँड्ने गरेको सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई अहिले थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell