PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

महोत्तरीमा करेन्ट लागेर युवकको मृत्यु



पहिलोपोस्ट

महोत्तरीमा करेन्ट लागेर युवकको मृत्यु
प्रतीकात्मक तस्विर

महोत्तरीः महोत्तरीको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell