PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

संवैधानिक कानुन व्यवसायी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा चापागाईँ, महासचिवमा लुइँटेल



पहिलोपोस्ट

संवैधानिक कानुन व्यवसायी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा चापागाईँ, महासचिवमा लुइँटेल

काठमाडौँः संवैधानिक कानुन व्यवसायी मञ्चमा (क्लाफ) नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न साधरणसभाले राजुप्रसाद चापागाईँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। मञ्चको महासचिवमा अनन्तराज लुइँटेल चयन भएका छन्।

यस्तै कार्यसमिति उपाध्यक्षमा रोशनी पौडेल, कोषाध्यक्षमा रोशनकुमार पोखरेल चयन भएका छन्। सचिवमा निर्णय हुन सकेको छैन।

कार्यसमिति सदस्यहरूमा डा. रुद्र शर्मा, हर्क रावल, सरोजकृष्ण घिमिरे, लीलाधर उपाध्याय र पवनकुमार जैसवाल चयन भएका छन्।

क्लाफ संवैधानिक विषयमा वकालत गर्ने कानुन व्यवसायीको साझा संस्था हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell