PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

जीवन प्रसाईको पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक



पहिलोपोस्ट

जीवन प्रसाईको पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक

काठमाडौं: स्वास्थ्यलाई विज्ञान बारे लेख्दै आएका जीवन प्रसाईको पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक भएको छ। नेपालयको आर शालामा कार्यक्रम आयोजनागरी लेखक प्रसाईको तेस्रो किताब सार्वजनिक गरिएको हो। उनले डाक्टर तीर्थबहादुर श्रेष्ठलाई किताब हस्तान्तरण गर्दै सार्वजनिक भएको घोषणा गरेका हुन्।

‘पृथ्वीभरिका जीवात्माहरुको आहाराको मूल श्रोत हरियालीको कुरा उठाएर पुस्तक अघि बढेको छ,’ वनस्पतिविद् श्रेष्ठले पुस्तक बारे भने, ‘त्यसपछि हरियालीलाई यो किताबकै चुरो अर्थात् हाम्रो खानपीनसँग जोड्ने काम गरिएको छ।’

आधुनिक जीवनशैलीले हामीलाई बदल्दै लगे पनि हाम्रा वरपरको वातावरण र परम्परागत मान्यताहरु पनि उत्तिकै जरुरी छ भनेर यो पुस्तक लेख्न उत्साहित भएको लेखक प्रसाईले बताए। ‘जैविक विविधताले हामी यति सम्पन्न छौं कि हाम्रा निम्ति अत्यन्त महत्वपूर्ण चिजहरु हाम्रै वरिपरि छन्,’ प्रसाईले भने, ‘त्यो महत्व बुझाउनकै निम्ति यो पुस्तक तयार पारेको हुँ ।’

अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेशन नेपालय मार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुईवटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ लेखेका छन्।

२ सय २४ पृष्ठको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ।

‘थुप्रै डट कम', ‘किताब यात्रा डट कम’, ‘सस्तो बुक डट कम’ र लैबरी डट कम अनलाइनमा पनि किताब उपलब्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell