PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

गौतम गम्भिरको नजरमा विश्वकप क्रिकेटको दाबेदार अष्ट्रेलिया, दोस्रोमा भारत र इङ्ग्ल्याण्ड



पहिलोपोस्ट

गौतम गम्भिरको नजरमा विश्वकप क्रिकेटको दाबेदार अष्ट्रेलिया, दोस्रोमा भारत र इङ्ग्ल्याण्ड

भारतीय क्रिकेट टीमका पूर्व ओपनर ब्याट्सम्यान गौतम गम्भिरले अष्ट्रेलियालाई विश्वकप क्रिकेटको दाबेदार मानेका छन्। अष्ट्रेलियापछिका दाबेदारमा उनले भारत र इङ्ग्ल्याण्डलाई राखेका छन्।

टाइम्स अफ इन्डियासँग कुरा गर्दै गम्भिरले अष्ट्रेलियाले फाइनल खेल्ने आफ्नो अनुमान रहेको बताएका छन्। ‘अष्ट्रेलिया मेरो पहिलो रोजाई हो,’ उनले भनेका छन्, ‘अष्ट्रेलियासँग फाइनल खेल्नेमा भारत वा इङ्ग्ल्याण्ड हुनसक्छन्।‘

उनले भारतले फाइनलसम्म पुग्न र कप जित्नको लागि ब्याट्सम्यान रोहित शर्मा र कप्तान कोहलीले राम्रो रन बनाउनुपर्ने उल्लेख गरेका छन्। ‘रोहित र कोहलीले टन्नै रन बनाउनु पर्नेछ,’ उनले भनेका छन्, ‘त्यसपछि जसप्रित बुमराहको भुमिका उल्लेखनीय हुनेछ।‘

उनले विश्वकपमा छ वटा देशहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्। उनको विचारमा टप छ टीमहरुले कडा प्रतिस्पर्धा गर्नुपर्नेछ।

इङ्ग्ल्याण्डलाई दोस्रो टीममा राख्नुमा उनले इङ्ग्ल्याण्ड टीम बढी सन्तुलित देखेका छन्। त्यसमाथि बेन स्ट्रोक र मोइन अलिजस्ता अलराउण्डरले टीमलाई बलियो बनाएको उनको धारणा छ। त्यसमाथि जोफ्रा आर्चरको उपस्थिति इङ्ग्ल्याण्डका लागि वरदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell