PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

४१ वटा लघुकथाको संग्रह 'घाम' लोकार्पण



पहिलोपोस्ट

४१ वटा लघुकथाको संग्रह 'घाम' लोकार्पण

काठमाडौं : ४१ वटा लघुकथाको संग्रह ‘घाम’ आइतबार काठमाडौंमा लोकार्पण गरिएको छ। 

कथाकार माया ठकुरी, लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठ, नाटककार अशेष मल्ल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र कथाकार शुषमा मानन्धरले पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए। 

यो कथाकार शुषमा मानन्धरको छैठौं कृति हो। सामाजिक परिवेश, व्यक्तिको मनोदशा, बदलिँदो समाजका स–साना विषयहरुलाई उनेर पाठक सामु प्रस्तुत गरेको शुषमाले बताइन्।  

‘घाम’का सम्बन्धमा टिप्पणी गर्दै नाटककार अशेष मल्लले कथामा हुनु पर्ने मूलभूत विषयहरुलाई सुन्दर ढंगले प्रस्तुत गरिएको बताए।  प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सङ्ग्रहमा रहेका अधिकांश कथाले आफ्नो मन छोएको बताए। लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठले पठनीय सामाग्री भएको टिप्पणी गरे । 

कथाकार शुषमा मानन्धरका यसअघि ‘नयाँ साथी’ बालकथासङ्ग्रह (२०७०), ‘आराध्य’ हाइकुसङ्ग्रह (२०७३) प्रकाशित छन्। २०७४ मा उनका तीन कृति ‘रि’ हाइकु संयुक्त सङ्ग्रह, ‘आजका लघुकथा’ संयुक्त लघुकथा सङ्ग्रह, ‘अनावरण’ कथासङ्ग्रह  कृति प्रकाशित छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell