PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

फरार डाका 'काले'लाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली



पहिलोपोस्ट

फरार डाका 'काले'लाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौँः खोजी सूचीमा रहेका एक गुन्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान सिन्धुपाल्चोकका विष्णु लामालाई नियन्त्रणमा लिन गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए।

'हामीले खोजिरहेका थियौँ। टोखामा भेटियो उसले हामीलाई हतियार देखायो। नियन्त्रणको लागि गोली प्रहार गरेका हौँ' एसएसपी थापाले भने।

काले भनिने विष्णुले पेस्तोल देखाएपछि प्रहरीले घुँडामुनि गोली प्रहार गरेको दाबी गरेको छ। प्रहरीको गोली लागेर घाइते विष्णुको वीर अस्पतालमा उपचार भइरहेको छ। 

लामालाई प्रहरीले यसअघि पनि २०६७  वैशाखमा  डाँका अभियोगमा पक्राउ गरेको थियो। अदालतबाट दोषी ठहर भएपछि करिब सात वर्ष जेल बसेर निस्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell