PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

पप्पु कन्स्ट्रक्सनले तिरेन कर, निलम्बित सांसद् रौनियारको नाममा कर कार्यालयको सूचना



पहिलोपोस्ट

पप्पु कन्स्ट्रक्सनले तिरेन कर, निलम्बित सांसद् रौनियारको नाममा कर कार्यालयको सूचना

काठमाडौँः मध्यम स्तरीय करदाता कार्यालय बबरमहलले समयमै कर नबुझाउने २६ कम्पनी तथा फर्ममाथि कारबाही अघि बढाएको छ।

समयमै कर नतिरी बक्यौता राख्ने ती फर्ममाथि कारबाही प्रक्रिया अघि बढाउन लागिएको कार्यालय प्रमुख सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए।

‘सात दिनको समय दिएका छौँ, यो समयावधि अटेर गरे बैंक खाता रोक्कादेखि सम्पत्ति रोक्कासम्मको कारबाही अघि बढाउँछौँ,’  उनले भने। कार्यालयले करिब करोड रुपैयाँ कर बक्यौता राख्ने कम्पनी तथा फर्मको नाममा सार्वजनिक सूचना प्रकाशन गरेको छ।

निलम्बित सासंसद हरिनारायण रौनियारको नाम पनि कर नतिर्नेको सूचीमा छ। उनको निर्माण सेवा कम्पनी पप्पु कन्स्ट्रक्सनका नाममा मूल्य अभिवृद्धि कर बक्यौता छ। यसै गरी नेपाल क्यान्सर अस्पतालको नाममा पनि कर बक्यौता छ।

कार्यालयका अनुसार केही कम्पनीको आयकर र मूल्य अभिवृद्धि कर दुबै बक्यौता छ। केहीको आयकर मात्रै र केहीको मूल्य अभिवृद्धि कर बक्यौता रहेको कर कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell