PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

मिस नेवाः १३३९ को शुरुवात लाखबत्ती बालेर



पहिलोपोस्ट

मिस नेवाः १३३९ को शुरुवात लाखबत्ती बालेर

काठमाडौं: 'मिस नेवाः–११३९’को अडिसन पश्च्यात् प्रशिक्षण प्रारम्भ भएको छ। प्रशिक्षणको आरम्भ भने सहभागिहरुले लाखबत्ती बालेर गरे। ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा प्रतिस्पर्धिहरुले पूजाआजापछि सामुहिक रुपमा लाखबत्ती बालेका हुन्।

यो मिस नेवाको १४ औं संस्करण हो। 

नेप्लीज फेसन होमले आयोजना गरेको सौन्दर्य प्रतियोगिताका लागि काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक आदि जिल्लाका २० युवती छानिएका छन्। 

प्रशिक्षण तीन साता लामो चल्नेछ। र, सहभागीहरु शीर्ष उपाधीका लागि एकअर्कासँग भिड्ने छन्।

छनोट भएका प्रतिस्पधीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा प्रशिक्षण दिइरहेको छ।

रोजिन शाक्यद्वारा कोरियोग्राफी गरिने यो प्रतियोगिताको ग्राण्ड फिनाले जेठ ३२ शनिवार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ। प्रतियोगिहरुलाई पूर्व मिस नेवाःसुनिता ढंगोलले नेवारी भाषा प्रशिक्षण दिने आयोजक हेमा मानन्धरले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell