PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सी डिभिजन क्वालिफायरको खेल तालिका सार्वजनिक, ३८ टिमबाट ३ टिम सी डिभिजनमा छनोट हुने



पहिलोपोस्ट

सी डिभिजन क्वालिफायरको खेल तालिका सार्वजनिक, ३८ टिमबाट ३ टिम सी डिभिजनमा छनोट हुने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको सी डिभिजन लिगको क्वालिफायरमा ३८ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।

एन्फाले आयोजना गर्ने तीन श्रेणीको लिगमध्ये सबैभन्दा तल्लो तहको लिग सी डिभिजनका लागि टोली छनोट गर्न एन्फाले सी डिभिजन क्वालिफायर आयोजना गर्न लागेको हो।

भोलिदेखि सुरु हुने क्वालिफायरमा सहभागी ३८ टिमलाई एन्फाले १२ समूहमा विभाजन गरेको छ। १० समूहमा ३-३ तथा दुई समूहमा ४-४ टिम छन्।

प्रत्येक समूहको समूह विजेता टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। नकआउट चरणमा तीन समूह बनाएर खेल खेलाइनेछ र प्रत्येक समूहको टोली सी डिभिजनमा छनोट हुने एन्फाले जनाएको छ।

क्वालिफायरका खेलहरु एन्फा कम्प्लेक्सको मैदान र बुद्धिविकास खेलमण्डलमा हुनेछ। उद्घाटन खेलमा भोली समूह ए मा रहेको एस एफसी र सरस्वतीनगर स्पोर्ट्स क्लबबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell