PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सावित्राको चार गोल, सेथु फाइनलमा



पहिलोपोस्ट

सावित्राको चार गोल, सेथु फाइनलमा

काठमाडौं : नेपाली स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) को चार गोल मद्धतमा सेथु फुटबल क्लब हिरो इन्डियन वुमन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सोमवार भएको दोस्रो सेमिफाइनलमा सावित्राले चार गोल तथा ग्रेसको ह्याट्रिक सेथुले एसबीएसलाई ८-१ ले पराजित गरेको हो।

जारी लिगमा सावित्राको यो तेस्रो ह्याट्रिक हो। सेथुले अब उपाधिका लागि फाइनलमा मनिपुर पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ। जसलाई समूह चरणमा सेथुले ६-४ ले पराजित गरेको थियो। उक्त खेलमा पनि सावित्राले ह्याट्रिक गरेकी थिइन्।

सावित्राले खेलको ४१औँ, ५९ औँ, ६५ औँ र ९० औँ मिनेटमा गोल गरिन्। यस्तै ग्रेसले १३औँ, ४५+३औँ र ५२ औँ मिनेटमा गोल गरिन् भने रतनबाल देवीले ७३औँ मिनेटमा एक गोल गरिन्। एसबीएसका लागि ७१औँ मिनेटमा डुलार मारान्डीले एक गोल फर्काइन्।

यस्तै पहिलो सेमिफाइनलमा मनिपुरले गोकुलुम केरलालाई पराजित गरेको थियो।

अब उपाधि भिडन्त यही बुधवार हुनेछ। 

सावित्राले लिगमा अहिलेसम्म १३ गोल गरिसकेकी छिन्। उनी सर्वाधिक गोलकर्ता सूचीमा दोस्रो स्थानमा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell