PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

विश्वकप क्रिकेट : जोफ्रा आर्चर इंग्ल्याण्ड टिममा समावेश



पहिलोपोस्ट

विश्वकप क्रिकेट : जोफ्रा आर्चर इंग्ल्याण्ड टिममा समावेश

यही मे ३० देखि घरेलु मैदान र वेल्समा हुने विश्वकपका लागि आयोजक इंग्ल्याण्डले १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।

यसअघि घोषित टोलीमा तीन खेलाडी परिवर्तन हुँदा अलराउण्डर जोफ्रा आर्चरले पनि टिममा स्थान बनाएका छन्।

इयान मोर्गनको कप्तानीमा रहेको इंग्ल्स टिममा बर्चरसँगै जेम्स भिन्स र लियान डसनले स्थान बनाउँदा एलेक्स हल्स, जोए डेनली र डेविड विली भने बाहिरिएका छन्। यसअघि टिममा परेपनि ड्रग टेष्टमा फेल भएका हल्सले टिमबाट अटाइएका थिए।

भिन्स, आर्चर र डसन

इंग्ल्याण्डको टोली:

इयान मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्ट्व, जोस बटलर, टम करन, लियाम डसन, लियाम प्लनकेट, आदिल रसिद, जोए रुट, ज्यासन रोय, बेन स्टोक, जेम्स भिन्स, क्रिस वोक्स, मार्क उड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell