PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

कोपा अमेरिकाको लागि मेसीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा



पहिलोपोस्ट

कोपा अमेरिकाको लागि मेसीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा

यही वर्ष हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको लागि लिओनल मेसीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा भएको छ। २३ सदस्यीय टोलीमा मेसीसँगै फरवार्ड पाउलो डिबला र सर्जियो अगुएरो पनि समावेश छन्।

तर अर्का फरवार्ड माउरो इकार्डी अनी गोलकिपर सर्जियो रोमेरो भने टिममा छैनन्।

मुख्य प्रशिक्षका लियोनेल स्कालोनीले प्रारम्भिक चरणमा छानिएका ४० खेलाडीबाट अन्तिम टोलीको घोषणा गरेका हुन्।

सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि मेसीले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका थिए। तर सरकारदेखि समर्थकको आग्रपछि मेसी फेरी अर्जेन्टाइन टिममा फर्किए र २०१८ मा रसियामा भएको विश्वकप खेले।

त्यसयता भने मेसीले राष्ट्रिय टिमका लागि एक खेल मात्र खेलेका छन्।

यही जुनमा ब्राजिलमा हुने कोपा अमेरिकाको समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र कतारसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell