PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रहरीको गोली लागि घाइते भएका ‘विप्लव’ कार्यकर्ताको मृत्यु



पहिलोपोस्ट

प्रहरीको गोली लागि घाइते भएका ‘विप्लव’ कार्यकर्ताको मृत्यु
प्रतिकात्मक स्केच

काठमाडौँ: प्रहरीको गोली लागि घाइते भएका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ।

मङ्गलवार गोली लागेर घाइते भएका तीर्थराज घिमिरेको मृत्यु भएको हो नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए।

मङ्गलवार दिउँसो भोजपुरको टम्केमैयुङ गाउँपालिकामा प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले तीर्थराज घिमिरेलाई गोली प्रहार गरेको थियो। प्रहरीले घिमिरेको खुट्टामा गोली लागेको प्रहरीको दाबी थियो।

'१०\१२ जनाको समूहमा रहेकाले प्रहरी देखेर गोली प्रहार गर्न खोजेको प्रहरीको दाबी थियो। घिमिरेबाट एक थान पेस्तोल, ५ राउन्ड गोली, विस्फोटक पदार्थसमेत बरामद गरेको प्रहरीको दाबी छ।

सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि कार्यकर्ता प्रहरीको कारबाहीमा मारिएको यो पहिलो घटना हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell