PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

चर्चामा बलिउड कलाकार वरुण र नतासाको विवाह



पहिलोपोस्ट

चर्चामा बलिउड कलाकार वरुण र नतासाको विवाह

बलिउड अभिनेता वरुण धवण र नतासा दलालको विवाहको चर्चा सुरु भएको छ। उनीहरु लामो समयदेखि एकअर्कालाई डेट गर्दै आएका छन्।

वरुण र तासाको प्रेम मिडियाको लागि पटकपटक गसिपको विषय बन्यो। फिल्म इन्डस्ट्रीको हरेक पार्टी तथा इभेन्टसहरुमा एकसाथ देखिने यो जोडी बारे योपटक भने विवाहको चर्चा छ।

लाइभ हिन्दुस्तानले उल्लेख गरे अनुसार उनीहरु आउँदो डिसेम्बरमा विवाह गर्ने योजनामा छन्। यो कपलले वेडिङ डेस्टिनेसनको समेत प्लान बनाउन सुरु गरिसकेका छन्। उनीहरु गोवाको सुमुद्री तटलाई वेडिङ डेस्टिनेशन बनाउने योजना बनाइरहेका छन्।

वरुण र नतासाको घरपरिवारले विवाहको लागि डिसेम्बरको १ तारिख फाइनल भएको उल्लेख गरिएको छ। विवाहमा वरुण र नतासाको घर परिवार र उनीहरुको नजिकको साथीहरुको मात्र उपस्थिति रहनेछ। विवाहपछि मुम्बईमा ग्राण्ड रिसेप्सन पार्टी आयोजना गरिने हुनेछ।

वरुणको पछिल्लो फिल्म ‘कलंक’ले बक्स अफिसमा राम्रो प्रस्तुति दिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell