PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सीपीएल : सन्दीपलाई बार्बाडोस ट्रिडेन्ट्सले पाँचौँ चरणमा लियो, ७० हजार अमेरिकी डलर पाउने



पहिलोपोस्ट

सीपीएल : सन्दीपलाई बार्बाडोस ट्रिडेन्ट्सले पाँचौँ चरणमा लियो, ७० हजार अमेरिकी डलर पाउने

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार दोस्रो पटक क्यारेबियन प्रिमियर लिग सीपीएल को लागि छनोट भएका छन्।

आज भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडोस ट्रिडेन्ट्सले पाँचौ चरणमा आफ्नो टिममा लिएको हो। यस चरणमा छनोट हुने खेलाडीले ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

गत सिजन सन्दीपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले १३औँ चरणमा लिएको थियो।

बार्बाडोसले पहिलो चरणमा इंग्ल्याण्डका एलेक्स हल्स, दोस्रो चरणमा वेष्ट इन्डिजका ज्यासन होल्डर, तेस्रो चरणमा पाकिस्तानका आसिफ अली र चौथो चरणमा पाकिस्तानकै वाहव रियाजलाई लिएको छ।

यस सिजन ड्राफ्टमा सन्दीपसँगै अन्य तीन नेपाली खेलाडी सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी पनि छन्। तर आठौँ चरणसम्म उनीहरु छनोट हुन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell