PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'पलेँटी'का लागि सिक्किम, दार्जिलिङका संगीतकर्मी काठमाडौंमा



पहिलोपोस्ट

'पलेँटी'का लागि सिक्किम, दार्जिलिङका संगीतकर्मी काठमाडौंमा

सांगीतिक श्रृङ्खला 'पलेँटी'का लागि सिक्किम र दार्जिलिङका संगीतकर्मी काठमाडौं आएका छन्। दार्जिलिङबाट संगीतकार शान्ति ठटाल र गान्तोकका दुई गायिका बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधान प्रस्तुतिका लागि आएका हुन्।

जेठ महिनाको १७ गतेदेखि तीन दिन लामो चल्ने श्रृङ्खलामा तीन महिला संगीतकर्मी प्रस्तुत हुनेछन्। यो श्रृङ्खला शान्ति ठटाल स्वयंको सांगीतिक यात्रा केन्द्रित हुनेछ। संगीतकर्मी आभासले प्रस्तुति माँझ अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गर्नेछन्।

शान्ति ठटालले यसअघि पनि पलेँटीमा गीत गाइसकेकी छिन्। सन् २००६ मा पलेँटीमार्फत पहिलो एकल गायन गरेकी थिइन्। अन्य दुई गायिका भने नेपालयको आरशालामा नयाँ आवाज हुनेछन्।

कार्यक्रम बारे ठटाल भन्छिन्,'यो मेरो पहिलो प्रस्तुति होइन। तर हरेकपटक पलेँटीमा सहभागी हुँदा नयाँ सांगीतिक उर्जा भेट्छु।'

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुने पलेँटीमा शान्ति ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्।

कार्यक्रममा सहभागी हुनका निम्ति अनलाइन, फोन र इमेलबाट टिकेट बुक गर्ने सुविधा रहेको आयोजकले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell