PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

ग्वार्कोको आकासे पुलबाट हाम्फालेर भूपू ब्रिटिस आर्मीको आत्महत्या!



पहिलोपोस्ट

ग्वार्कोको आकासे पुलबाट हाम्फालेर भूपू ब्रिटिस आर्मीको आत्महत्या!
कलंकी-कोटेश्वर खण्डमा रहेको आकासे पुलको फाइल फोटो।

काठमाडौं : बिहीवार बिहान ललितपुरको ग्वार्कोस्थित आकासे पुलबाट हाम्फालेका कीर्तिमान राईको मृत्यु भएको छ। ताप्लेजुङको हाङपाङ २ घर भएका ६० वर्षीय राईको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो।

आकासे पुलबाट आज बिहान करिब ६ बजेर १० मिनेटमा राईले हाम्फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ‘खबर गरेपछि तत्काल नै हाम्रो टोलीले अस्पताल लग्यो। तर उहाँलाई बचाउन सकिएन,' महानगरीय प्रहरी बृत्त सात दोबाटोका डिएसपी गौतम मिश्रले भने।

मृतक राई पूर्व ब्रिटिस आर्मी हुन्। उनी कोटेश्वरमा श्रीमतीसँगै बस्दै आएको खुलेको छ। बिहीवार बिहान उनी श्रीमतीलाई समेत थाहा नदिइ निस्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी मिश्रले बताए। ‘उहाँमा मानसिक समस्या भएको परिवारले जानकारी दिनुभएको छ,' डिएसपी मिश्रले भने।

राईका छोराछोरी भने बेलायतमा नै बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell