PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीको कल



पहिलोपोस्ट

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीको कल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर बधाई दिएका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै ओली र मोदीबीच टेलिफोन सम्पर्क भएको जनाएका हुन्। प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेर सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिएको रिमालले जनाएका छन्।

यसअघि प्रधानमन्त्री ओलीले चुनावी परिणाम नआइसक्दै ट्विट गर्दै मोदीलाई बधाई दिएका थिए। 'ल्यान्ड स्लाइड भिक्ट्री' भन्दै मोदीको जितको प्रसंसा गरेका ओलीले उनीसँग नजिक रहेर काम गर्ने चाहना व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell