PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

'पैसा नदिए हत्या गर्छु' भन्दै धम्क्याउने दुई जना पक्राउ



पहिलोपोस्ट

'पैसा नदिए हत्या गर्छु' भन्दै धम्क्याउने दुई जना पक्राउ

काठमाडौः अपहरण र हत्याको त्रास देखाएर रकम असुल गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार गौशालाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलाली टिकापुर घर भएका २४ वर्षीय लोकेन्द्र बहादुर शाही र २० वर्षीय रुवी ठाकुर रहेका महाशाखाका एसपी केदार ढकालले बताए।

उनीहरूले विभिन्न नम्बरको फोनबाट सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भई बुद्ध नगर बस्ने सिताराम कार्कीलाई पाँच लाख रुपैयाँ माग्ने गरेको प्रहरीले जानकारी दिएको छ। रकम नदिए कार्कीका छोरालाई अपहरण गरी गोली हानी मारी दिन्छु भनी धम्कीसमेत दिएको प्रहरीको दाबी छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell