PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

एउटा जग्गा देखाएर अर्को बिक्री गर्न खोज्ने महिला पक्राउ



पहिलोपोस्ट

एउटा जग्गा देखाएर अर्को बिक्री गर्न खोज्ने महिला पक्राउ

काठमाण्डौः ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले घरजग्गाको कारोबार गर्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ८ घर भएकी ३८ वर्षीय निलम गुरुङलाई नियन्त्रणमा लिएको हो।

उनले सुन्टोल गाविस वडा नम्बर ३ मा रहेको एउटा कित्ता देखाई लप्सीफेदीको अर्को जग्गा अमिन समेत लगी ठगी गरेको प्रहरीको दावी छ। उनले अर्कै जग्गा देखाएर एक करोड पचास लाख रुपैयाँ ठगी गरेको देखिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

प्रारम्भीक अनुसन्धान अनुसार उनले तुलसीप्रसाद देवलाई इटहरीको १० कट्ठा जग्गा मिलाई दिन्छु भनेर ६० लाख रुपैयाँ ठगी गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell