PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

भारतको कोचिङ सेन्टरको आगो : १९ ले ज्यान गुमाउँदा १६ किशोरी



पहिलोपोस्ट

भारतको कोचिङ सेन्टरको आगो : १९ ले ज्यान गुमाउँदा १६ किशोरी
NDTV

सुरत :  भारतको सुरत शहरमा रहेको एक कोचिङ सेन्टरमा लागेको आगोका कारण १९ विद्यार्थीले ज्यान गुमाउँदा १६ किशोरीहरु परेका छन्। गैर कानुनी रुपमा बनाइएको व्यवसायिक भवनको तेस्रो तल्लामा आगो लाग्दा निजी कोचिङमा पढ्न पुगेकाहरु आत्तिएर हाम फालेका थिए। तेस्रो र चौथो तल्लाबाट एक दर्जन बढीले ज्यान जोगाउन हाम फालेका थिए जसमध्ये ३ जनाको मृत्यु भयो।

तक्षशीला आर्किड नामको भवनमा स्मार्ट डिजाइन स्टुडियोमा क्लास लिइरहेकाहरु त्यतिखेर आत्तिएका थिए जब त्यहाँ धुँवाको मुस्लोसहित आगो लाग्यो। प्रारम्भीक अनुसन्धानले सर्ट सर्किटका कारण आगलागी भएको देखाएको छ। आगो निभाउनलाई ढिलो गरी पुगेको वारुणयन्त्रका कर्मचारीले कक्षाकोठाबाटै १६ शव निकालेका थिए। निकालिएकाहरु अधिकांशलाई चिन्न सकिने अवस्था थिएन।

सम्बन्धित समाचार:

भारतको सूरत शहरमा आगलागी,१५ विद्यार्थी सहित १९ जनाको मृत्यु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell