PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोकमा देशभरका अदालतमा बिदा



पहिलोपोस्ट

पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोकमा देशभरका अदालतमा बिदा

काठमाडौँः पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालतहरुमा बिदा दिइएको छ। शनिबार बसेको फूलकोर्टको (सर्वोच्चका सबै न्यायाधीशहरुको बैठक) निर्णय अनुसार आज सर्वोच्चसहित देशभरका अदालत र न्यायाधीशकरणहरुमा समेत बिदा दिइएको हो।

निर्णय अनुसार सर्वोच्च, सबै उच्च तथा जिल्ला अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरु बन्द हुनेछन्।

खत्रीको गत बुधबार राति निधन भएको थियो।   

२०१६ सालमा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका खत्री २०३३ साल साउन २४ गते प्रधानन्यायाधीश भएका थिए। प्रधानन्यायाधीशका रुपमा उनले ९ वर्ष लामो कार्यकाल पूरा गरेका थिए। २०४२ मंसिर २५ गते खत्रीले प्रधानन्यायाधीशबाट अवकाश पाएका थिए।

खत्री राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्यक्ष पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell