PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

२२ दिनमा ३० प्रतिशतमात्रै काम, १० दिनमा शुरु होला धनगढी विमानस्थल? 



एम बम

२२ दिनमा ३० प्रतिशतमात्रै काम, १० दिनमा शुरु होला धनगढी विमानस्थल? 

कैलाली: धनगढी विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गत वैशाख २२ गतेबाट हवाई उडान बन्द गरेर काम भइरहेको छ। १ महिनामा काम सम्पन्न गर्ने गरी २२ दिन अघि सुरु भएको काम हालसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व इन्जिनियर योगेन्द्रराज शर्माले पूर्वतिर २ सय मिटर र पश्चिम तिर ३ सय ३० मिटर धावन मार्ग ओभरलेयरको काम सकिएको बताए। उनले भने ‘पानी पर्‍यो भने २ - ४ दिन काम लम्बिन सक्ला, अन्यथा हामी समयमै काम सम्पन्न गर्छौ।’ उनका अनुसार दैनिक ७० मिटरका दरले ओभरलेयरको काम भइरहेको छ।
 
धनगढी विमानस्थलको विभागको झन्डै साढे ५ सय मिटर कालोपत्रे फेरिएर काम गर्न लागिएको छ। कालोपत्रे भित्र दलदले माटो निस्किएकाले माटो नै फेरेर नयाँ वेश बनाउँदै काम गर्न थालिएको हो। सुरुमा ४ सय मिटर माटो खनेर भर्नुपर्ने भनिए पनि अहिले साढे ५ सय मिटर खन्नु परेकाले सोचेअनुरूप कामले गति लिन नसकेको उनको भनाइ छ।
 
'तर पनि समयमै काम सम्पन्न गर्ने उनको दाबी छ। हामी पूर्ण काम नसकिए पनि २२ गते नै उडान हुने गरी काम सम्पन्न गर्छौँ,' उनले भने।
 
कामको गति सन्तोषजनक नरहेको भन्दै यस क्षेत्रका सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन्। कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले कामको गति सुस्ताएको भन्दै यो चिन्ताको विषयमा बनेको बताए। ‘काम सुस्त गतिमा भइरहेको छ,’ उनले भने, ‘तर पनि समयमै काम सक्ने दबाव दिनुको सट्टा प्रदेश सरकारलगायत यहाँका सरोकारवाला किन सुतिरहेका छन्।’ कामलाई जसरी पनि समयमै सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।
 
पर्यटन व्यवसायी माया प्रकाश भट्ट पनि हवाई सेवा जस्तो अत्यावश्यक सेवा पूर्ण रूपमा बन्द गरेर कामको गति सुस्ताएको प्रति चिन्ता व्यक्त गर्न हुन्छ। ‘यो बन्द गर्न नहुनै कुरा हो। अब बन्द भइहाले पनि समयमै काम सम्पन्न गर्नतर्फ त सजग बन्नुपर्‍यो,’भट्टले भने। अबको १० दिनमा काम सम्पन्न हुनेमा भने उनी विश्वस्त छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell