सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट हुँदा ६ जना घाइते भएका छन्। सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
'हाम्रो टोली घटनास्थलमा पुग्दै छ। अहिलेसम्म ६ जना घाइते भएको जानकारीमा आएको छ,' डिएसपी बोगटीले भने।
घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।