PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

विप्लवका कार्यकर्ताद्वारा सुर्खेतमा यात्रुवाहक बसमा आगजनी



पहिलोपोस्ट

सुर्खेतः नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन्।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन्।

प्रहरीका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए। आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। बस जेलेको ठाउँ नजिकै शङ्कास्पद बस्तु पनि फेला परेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell