काठमाडौँः भोजपुरका नेता तीर्थराज न्यौपानेलाई प्रहरीले हत्या गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा पनि परेको छ। उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधन चलेका छैनन्। सार्वजनिक यातायात पनि पातलो छ।
अत्यावश्यक सेवा र निजी सवारी भने चलेका छन्। यसअघिका बन्दको तुलनामा उपत्यकामा सवारीको चाप पातलो छ।
बन्दको प्रभाव तस्विरमा-