PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सातदोबाटोमा भेटिएको प्रेसर कुकर बम सेनाले यसरी पार्‍यो निश्क्रिय, हेर्नुस् फोटोमा

सातदोबाटोमा भेटिएको प्रेसर कुकर बम सेनाले यसरी पार्‍यो निश्क्रिय, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः आइतबारदेखि उपत्यकामा सुरु भएको विस्फोटको श्रृखला सोमबार पनि जारी रह्यो। सोमबार पनि ललितपुरको सातदोबाटो चोक नजिकै प्रेसर कुकर बम फेला परेको छ। नेपाली सेनाको टोलीले बमलाई निश्क्रिय बनाएको छ।

सोमबार विप्लव समूहको बन्दका कारण जनजीवन पनि प्रभावित बनेको छ। उपत्यकामा सार्वजनिक सवारी साधन निकै कम चलेका छन्। लामो दूरीका सवारीसाधन चलेका छैनन्।

विभिन्न स्थानमाहरुमा मकवानपुर, नवलपरासी लगायतका जिल्लामा ट्रकमा आगजनी गरिएको छ। सुर्खेतमा यात्रुवाहक बसमा विप्लवका कार्यकर्ताले आगजनी गरेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell