PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिए ‘लिटिल मिस्टर एण्ड मिस नेपाल’



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिए ‘लिटिल मिस्टर एण्ड मिस नेपाल’

काठमाडौं: अन्तराष्ट्रिय बाल सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस्टर एण्ड मिस युनिभर्सल २०१९’ का लागि नेपालबाट बालबालिका छानिएका छन्। इन्डोनेसियामा हुने प्रतियोगिताका लागि ‘लिटिल मिस्टर एण्ड मिस युनिभर्सल २०१९’ आयोजना गरी आठजना चयन गरिएको हो।

सातदेखि दश वर्ष उमेर सम्मका, एघारदेखि चौध र पन्ध्रदेखि उन्नइस वर्षगरी  विभिन्न उमेर समुहबाट मोक्क्षा अधिकारी, अब्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुशल न्यौपाने, करिष्मा सुवेदी, बिपुल श्रेष्ठ छानिएका हुन्। बिजेता चुनिएका हुन् ।

प्रतियोगीताले बालबालिकालाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन्।

प्रतियोगितामा पुर्व मिस नेपाल सुगारिका केसी, मिस्टर नेपाल २०१८ विकल्प राज श्रेष्ठ, मिस राजधानी २०१७ सर्मिला सापकोटा र प्रविना श्रेष्ठ लगायत निर्णायक रहेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell