PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

नेपालको विकासमा मोदीको गहिरो चासो रहेको प्रचण्डको भनाई : 'समृद्धि दिन नसके जति राम्रो भने पनि संविधान कागजको खोस्टो हुनेछ' 



अनन्तराज न्यौपाने

नेपालको विकासमा मोदीको गहिरो चासो रहेको प्रचण्डको भनाई : 'समृद्धि दिन नसके जति राम्रो भने पनि संविधान कागजको खोस्टो हुनेछ' 

नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा भर्खरै बहुमत प्राप्त प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको विकासमा गहिरो चासो रहेको बताएका छन्।

मोरङ व्यापार सङ्घको ६४ औँ साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले पुनःनिर्वाचित मोदीले नेपालको विकासलाई गम्भीर ढङ्गले हेरिरहेको बताएका हुन्।

उनले भारत भ्रमणका बेला मोदीसित भेट भएको र द्विपक्षीय सम्बन्ध तथा विकासका बारेमा लामो कुराकानी भएको स्मरण गरे।

उनले मोदीको पार्टीले बहुमत ल्याउनेबित्तिकै आफूले बधाई दिएको र भोलि पल्ट टेलिफोन वार्ता समेत गरेको जानकारी दिँदै भारतमा विकास र समृद्धिको नयाँ वातावरण सिर्जना भएको टिप्पणी गरे।

‘भारत मात्र होइन, चिन पनि नेपालमा स्थिरता र विकास चाहन्छ’, अध्यक्ष दाहालले भने, ‘चिन र भारत दुबै मुलुक गहिरो विश्वासका साथ नजिक आइरहेको बेला छ। चार–पाँच सय वर्ष पहिले सभ्यताको केन्द्र एसिया नै थियो। सरेर पश्चिम गएको हो। फेरि एसियाले तीव्र विकास गरिरहेको छ। अब भारत र चिन नै विश्वका केन्द्र हुँदैछन्। यस्तो अवस्थामा नेपालले आफूलाई तीव्र विकासको बाटोमा लैजान सक्छ।’

‘यसका लागि हामीले भारत र चिनसँग रणनीतिक र सन्तुलित सम्बन्ध राखेर जानु पर्छ’, उनले थपे, ‘हिजो कसैलाई प्रो चाइनिज र कसैलाई प्रो इन्डियन भनेर छुट्याएर अवरोध गर्ने गरिन्थ्यो। तर आजको परिस्थिति अर्कै छ। चिन र भारत नै आपसमा गहिरो विश्वासको सम्बन्ध कायम गर्दैछन्।’

लगानीमैत्री कानुन आवश्यक

अध्यक्ष प्रचण्डले भर्खरै लगानी सम्मेलन सकिएको र खरबौँको लगानीको प्रतिबद्धता आएको चर्चा गर्दै सरकारले यसका लागि लगानीमैत्री कानुनको निर्माण गर्नुपर्ने धारणा प्रकट गरे।

‘शान्तिसुरक्षा र स्थायित्व लगानीमैत्री वातावरणका अनिवार्य शर्त हुन्’, व्यवसायीलाई उनको सम्बोधन थियो, ‘तपाईंहरू नै तनावमा रहनु भयो भने विदेशी लगानीकर्ताहरूसित तपाईंहरूले अब हामी नै कता लाग्ने स्थिति छ भन्नुहुन्छ। त्यो बेला वैदेशिक लगानी आउँदैन।’

उनले हिजोका ऐनकानुनले लगानीलाई उत्साहित गर्न नसकेको टिप्पणी गर्दै अब बन्ने कानुन निजी क्षेत्रमैत्री र लगानीमैत्री हुने आश्वासन दिए।

दाहालले भने, ‘सरकारले निजी र सार्वजनिक सहकार्यलाई माथि उठाउने छ। निजी क्षेत्रलाई पूँजी र व्यवसायको सुरक्षा दिएर उत्पादन वृद्धि र रोजगारी सृष्टिको अवसर प्रदान गर्नेछ। आयात प्रतिस्थापन गर्ने र निर्यातजन्य उद्योगको वृद्धि गर्ने प्राथमिकता सरकारले तयार गरेको छ।’

उनले जनतालाई सन्तुष्टि दिन नसके देश तथा जनताका लागि दुर्भाग्यपूर्ण हुने चर्चा गर्दै अब पर्खने बेला छैन र यो सरकारले पनि नगरे कसले गर्छ भन्ने प्रश्न गरे।

दाहालले अब पनि परिवर्तन नदिए जनता पर्खेर नबस्ने चेतावनी दिए।

उनले भने, ‘यो सरकारले पनि सकेन भने अर्को कोही सक्नेवाला म देखिरहेको छैन।’

अध्यक्ष प्रचण्डले लामो उतार–चढाव र सङ्घर्ष, अराजकता र जटिलता भोगेर स्थायित्व र स्थिरताको अवस्था निर्माण भएको उल्लेख गरे।

उनको कथन थियो, ‘जतिसुकै राम्रो संविधान र घोषणा भए पनि त्यसले शान्ति, विकास र समृद्धि दिन सकेन भने त्यो संविधान र घोषणा कागजको खोस्टो हुनेछ।’

विप्लव छिट्टै वार्तामा आउँदै

अध्यक्ष दाहालले प्रचण्डले आफू सरकारसित वार्तामा आउन यताउति पड्काइरहेको बताए।

‘साथीहरू कहिले यता विष्फोट भयो, कहिले कता पड्कियो भनेर मलाई सोध्नुहुन्छ’, प्रचण्डको प्रतिक्रिया थियो, ‘मेरो उत्तर के छ भने यो उहाँको वार्तामा आउने तयारी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell