
बलिउडका द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको छ। सोमबार मुम्बईस्थित सूर्या अस्पतालमा उनको निधन भएको हो। ८५ वर्षीय उनी लामो समयदेखि उपचाररत् थिए।
वीरु बलिउड अभिनेता अजय देवगनका पीता हुन्।
उनले इश्क, लाल वादशाह, क्रान्ति, फूल और काँटे, बाजी लगायत ८० फिल्ममा द्वन्द्व निर्देशन गरेका छन्। त्यस्तै क्रान्ति, सौरभ, सिंहासन लगायतमा अभिनय समेत गरेका छन्। सन् १९९९ मा हिन्दुस्तानकी कसम निर्देशन गरे, जसमा अजय देवगन र अमिताभ बच्चनको अभिनय छ।
फिल्म फेयरमा जनाए अनुसार उनको अन्तिम संस्कार सोमबार साँझ ६ बजे विले पार्ले, मुम्बईमा हुनेछ।
उनलाई बलिउडकर्मीले सामाजिक सञ्जालमार्फत पनि श्रद्धाञ्जली दिइरहेका छन्। बलिउडका अर्का द्वन्द्व निर्देशक साम कौशलले ट्विटरमा लेखेका छन्- हार्दिक श्रद्धाञ्जली वीरु जी। तपाईं यो समयभन्दा अगाडि हुनुन्छ। म तपाईंकै आशिर्वादले द्वन्द्व निर्देशक भएको हुँ। कौशल कलाकार विक्की कौशलका बुवा हुन्।
RIP Veeru Devgan ji. 🙏🏻🙏🏻Just came to know about this sad news. As an Action Director always ahead of his times & as human being par excellence. I became a stuntman with his blessings on 8th August, 1980 as he signed my application to become a stuntman & made me part of his team.
— Sham kaushal (@ShamKaushal) May 27, 2019