
पतायाको समुन्द्र किनारमा रमाउँदै गरेका कलाकाहरु आयुष्मान देशराज जोशी र शिल्पा मास्केका केही फोटो सार्वजनिक भएका छन्। फिल्म 'सानो मन' छायांकनका लागि खिचिएका तस्विरहरु फिल्म युनिटबाटै सार्वजनिक गरेको हो।
'सानो मन' टोली शीर्ष गीत छायांकनका लागि थाइल्यान्डमा छ। निर्माता राजेन्द्र मानन्धरका अनुसार आधाभन्दा बढी दृश्य थाइल्यान्डमा खिचिने छ।
गीतको भिडियोलाई फिल्म निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफ गरिरहेका छन्। रोहितजोन क्षत्रीको स्वर रहेको गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ।
पताया र बैंककका विभिन्न स्थलमा गीत साथै फिल्मका केही दृश्य खिचिने बताइएको छ। छायांकन आलोक शुक्लले गरिरहेका छन्।
समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको फिल्मलाई ओपिजी फिल्मस्, ए प्लस इन्टरटेनमेन्ट र हाइटेक इन्टरटेन्मेन्टले संयुक्त रुपमा प्रस्तुत गर्दैछ।