PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

चट्याङ लागेर लमजुङमा एक जनाको मृत्यु



पहिलोपोस्ट

चट्याङ लागेर लमजुङमा एक जनाको मृत्यु
प्रतीकात्मक तस्विर

लमजुङः लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका ३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनील साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करिब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोमबार राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ। खबरलगत्तै भोर्लेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो। चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए।

शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell