PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

धरौटीमा छुटे लगत्तै विप्लवका रौतहट इञ्चार्ज अधिकारीले गरे आत्मसमर्पण



पहिलोपोस्ट

धरौटीमा छुटे लगत्तै विप्लवका रौतहट इञ्चार्ज अधिकारीले गरे आत्मसमर्पण

काठमाडौंः प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर अधिकारीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका छन्। अधिकारी पार्टीका रौतहट जिल्‍ला इञ्चार्ज हुन्।

उनले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका हुन्।

‘उहाँहरुले आइतबार आफैं आएर आत्मसमर्पण गर्नुभयो' ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए।

अधिकारीसँगै देवराज घिमिरे र सन्दीप कार्कीले पनि आत्मसर्पण गरेका छन्।

उनी गत शुक्रबार मात्र संगठित अपराध मुद्दामा धरौटीमा छुटेका थिए। ललितपुर जिल्ला अदालतको आदेशमा उनी धरौटीमा रिहा भएका थिए।  धरौटीमा छुटेलगत्तै अर्को मुद्दामा उनले आत्मसमर्पण गरेका हुन्।

प्रहरीले चैत ९ गते काभ्रेपलाञ्चोकमा घेरा हालेर नेता हेमन्तप्रकाश ओलीसहित आठ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमध्येका एक अधिकारी थिए।

अधिकारी बहालवाला खानेपानी मन्त्री बिना मगरका पूर्व पति हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell