PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

'ब्रह्मास्त्र' अघि फ्लिप कार्टको विज्ञापनमा रणवीर र आलिया



पहिलोपोस्ट

'ब्रह्मास्त्र' अघि फ्लिप कार्टको विज्ञापनमा रणवीर र आलिया

फिल्म 'ब्रम्हास्त्र'मा स्क्रिन सेयर गर्दैछन्, रणवीर कपुर र आलिया भट्ट। बलिउड रियल लाइफ जोडी पहिलोपटक एकसाथ सिल्भर स्क्रिनमा देखिन लागेका हुन्। यसको मौका जुराएका हुन्, निर्देशक आयान मुखर्जीले।

प्रेम सम्बन्धको चर्चाका कारण गसिपको विषय बनेको यो जोडी फिल्मभन्दा अगाडि व्यवसायिक विज्ञापनहरुमा देखिने छन्। इन्डियाको चर्चित अनलाइन सपिङ वेबसाइट 'फ्लिपकार्ट'का लागि यी दुईले काम गर्ने भएका हुन्। फ्लिपकार्टको आधिकारिक सामाजिक सञ्जालमार्फत् यी दुई बलिउड स्टार फिचर्ड विज्ञापनहरु सार्वजनिक भएको छ।

फिल्म ब्रह्मास्त्र भने सन् २०२० मा मात्र प्रदर्शनमा आउने छ। क्रिष्टमसमा रिलिज हुने भनिएको रिलिज सारिए पनि फिल्म युनिटले अहिलेसम्म रिलिज टार्गेट गरेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell