PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

कलेज स्तरीय भलिबलमा ६० टोलीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

कलेज स्तरीय भलिबलमा ६० टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं: एन्जल्स् स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टर मनमैजुको आयोजनामा हुन लागेको प्रथम राष्ट्रिय एन्जल्स् हार्ट अन्तर विद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा देशभरका ६० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

एन्जल्स् हार्ट सेकेण्डरी स्कुलको प्रायोजनमा जेठको तेस्रो सातादेखि हुने प्रतियोगिताको मंगलवार टाइसिट सार्वजनिक भएको हो। जेठ १५ देखि २१ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।

ढोरपाटन स्पोर्टस् क्लबको व्यवस्थापनमा हुने प्रतियोगिताको खेलहरु एन्जल स्पोर्टस् एकेडेमीको मैदान र ढोरपाटन क्लबको मैदान नयाँ बसपार्कमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ।

विद्यालय स्तरदेखि नै भलिबलको विकास गर्ने उद्देश्यले कक्षा ८ देखि १२ सम्मको विद्यार्थीलाई सहभागी गराउँदै यस प्रतियोगिता हुन लागेको हो।

यसमा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी तथा विभागीय खेलाडीले खेल्न नपाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद १ लाख, ट्रफी र गोल्ड मेडल पाउनेछन्। यस्तै उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार हात पार्नेछन्। चौथो हुनेले १५ हजार सान्त्वना पुरस्कार पाउनेछन्।

यसैगरी विधागत उत्कृष्टहरुले ५-५ हजार प्राप्त गर्नेछन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिता समूह चरणका खेलहरु बेस्ट अफ थ्री का आधारमा हुने र नकआउट चरणका खेलहरु बेस्ट अफ फाइभकै आधारमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell