PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

विश्वकपअघि दक्षिण अफ्रिकालाई धक्का, इंग्ल्याण्ड विरुद्धको पहिलो खेल डेल स्टेनले गुमाउने



पहिलोपोस्ट

विश्वकपअघि दक्षिण अफ्रिकालाई धक्का, इंग्ल्याण्ड विरुद्धको पहिलो खेल डेल स्टेनले गुमाउने

यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा सुरु हुने १२औँ संस्करणको विश्वकपअघि दक्षिण अफ्रिकालाई धक्का लागेको छ।

टोलीको मुख्य फास्ट बलर डेल स्टेनले इंग्ल्याण्डविरुद्ध हुने पहिलो खेल गुमाउने भएका छन्। उनी पूर्ण रुपमा फिट नभएकोले पहिलो खेल नखेल्ने भएका हुन्।

दक्षिण अफ्रिकाका प्रशिक्षक ओटिस गिब्सनले जुन ५ मा भारत विरुद्ध हुने खेलसम्म लागि स्टेन फिट हुने अपेक्षा राखेका छन्।

बिहीवार हुने उद्घाटन खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्याण्डसँग खेल्नेछ।

पहिलो खेल गुमाउने पक्का भएका स्टेनले जुन २ मा बंगलादेश विरौध हुने दोस्रो खेल खेल्ने पनि शंका छ। प्रशिक्षक गिब्सनले बंगलादेश विरुद्ध खेल्न फिट नभएपनि भारतसँग खेल्नुअघि स्टेन ठिक हुने विश्वास व्यक्त गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell