PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

उच्च अदालतमा दुई मुख्य न्यायाधीश नियुक्त



पहिलोपोस्ट

उच्च अदालतमा दुई मुख्य न्यायाधीश नियुक्त

काठमाडौं : न्याय परिषदले उच्च अदालतका दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा  नियुक्त गरेको छ। आज बसेको न्यायपरिषद बैठकले न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा पदस्थापन गरेको हो। उनी उच्च अदालत पाटनको न्यायाधीशमा कार्यरत छन्। 

त्यसैगरी उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा कार्यरत न्यायाधीश कुमार पोखरेललाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरी दिपायल पदस्थापन गरिएको छ। 

जिल्लामा पाँच न्यायाधीश नियुक्त

न्याय सेवा आयोगले खुला पदपूर्तिका आधारमा जिल्ला तहमा पाँच न्यायाधीश नियुक्त गरेको छ। शिवलाल पाण्डे, माधवप्रसाद घिमिरे, नवीन कुमार जोशी, पदमलाल पाण्डे र सीता शर्मा अधिकारी नियुक्त भएका हुन्। नियुक्त भएका सबै न्याय सेवाका उपसचिव हुन्।

अघिल्लो वर्षबाट खुला प्रतिस्पर्धाको सुरु गरिएको थियो। यससहित सबै तहका अदालतमा अब कुनै पनि दरबन्दी रिक्त छैन। अब न्यायाधीशको संख्या ४ सय २१ पुगेको छ।

यो पनि पढ्नुस:

न्यायाधीशद्वय ओमकार उपाध्याय र विश्वमंगल आत्रेय बर्खास्त, नक्कली शैक्षिक प्रमाणपत्र र कार्यक्षमता मुख्य कारण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell