PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

जिल्ला अदालतमा पाँच न्यायाधीश नियुक्त



पहिलोपोस्ट

जिल्ला अदालतमा पाँच न्यायाधीश नियुक्त

काठमाडौँः न्याय परिषद्ले न्याय सेवाका पाँच उपसचिवलाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ। न्याय सेवा आयोगको सिफारिसमा खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जनालाई मंगलबार परिषद्ले नियुक्त गरेको हो।

लिखित परीक्षा उत्तीर्ण आठमध्ये पाँच जनालाई परिषद्ले न्यायाधीशमा नियुक्त गरेको हो। यो पदपूर्तिसँगै अब कुनै पनि तहका अदालतमा न्यायाधीशको दरबन्दी रिक्त छैन। हाल ४२१ न्यायाधीशको दरबन्दी छ।

परिषद्को निर्णय अनुसार शिवलाल पाण्डे, माधवप्रसाद घिमिरे, नवीन कुमार जोशी, पदमलाल पाण्डे, सीता शर्मा अधिकारी न्यायाधीशमा नियुक्त भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell