PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

स्थानीय तहमा नौ हजारभन्दा बढी कर्मचारी माग, कुन स्थानीय तहमा कति? हेर्नुस् विवरण



पहिलोपोस्ट

स्थानीय तहमा नौ हजारभन्दा बढी कर्मचारी माग, कुन स्थानीय तहमा कति? हेर्नुस् विवरण

काठमाडौँः लोक सेवा आयोगले स्थानीय तहमा रिक्त विभिन्न तह र श्रेणीमा एकैपटक ९ हजारभन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ। कर्मचारी समायोजन प्रक्रिया सकिएपछि सङ्घीय मन्त्रिपरिषद्को निर्णय अनुसार आयोगले जनशक्ति माग गरेको हो।  जेठ ६ गते मन्त्रिपरिषद्ले स्थानीय तहमा रिक्त जनशक्तिको पदपूर्तिका लागि आयोगलाई अनुमति दिएको थियो।

प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेशको पदपूर्ति पनि सङ्घीय लोकसेवा आयोगले नै गर्नेछ।

खुला तथा समावेशी रूपमा हुने पदपूर्तिमा असार ३ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा असार १० गतेसम्मको समय तोकिएको छ।

निजामती तत्कालीन स्थानीय निकायका कर्मचारी र ०७४ असोज २९ अघि स्थानीय तहमा नियुक्त भई कार्यरत कर्मचारीको हकमा एक पटकका लागि उमेर हद तोकिएको छैन। अन्यका हकमा भने उमेर हद कायम गरिएको छ। पुरुषका हकमा ३५ र महिलालाई ४० वर्षको उमेर हद कायम गरिएको छ।

आयोगले स्थानीय तहमा न्याय, कानुन समूह, प्रशासन, लेखा, आर्थिक योजना तथा तथ्याङ्क, शिक्षा तथा शिक्षा प्रशासन, इन्जिनियरिङ, महिला विकास अधिकृतसहित प्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको हो।

लोकसेवा आयोगका सबै कार्यालय तथा अनलाइनका माध्यमबाट आवेदन दिन सकिनेछ।

आयोगको सूचना अनुसार क्षेत्रीय कार्यालय धनकुटाबाट ८९२, इलाम ४१०, खोटाङ ४०९ र जलेश्वरबाट एक हजार २९३ जनाका लागि दरखास्त आह्वान भएको छ। यस्तै, केन्द्रीय कार्यालय काठमाडौँ ७८०, हेटौँडा ५२९, पोखरा ८६९, बागलुङ ३८३, बुटवल ६७४, दाङ ८४०, सुर्खेत ५५०, जुम्ला २४७, दिपायल ५९५ र महेन्द्रनगरबाट ५७३ जनाको पदपूर्ति गर्ने गरी दरखास्त आह्वान भएको छ।

स्थानीय तहगत रूपमा आयोगले जनशक्ति माग गरेको हो।

कुन स्थानीय तहमा कति माग? हेर्नुस् विवरण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell